थलियो कला

0
Shares

हिजो बुधबारबाट बिदा भएको वर्ष २०७८ कोरोना प्रभावका कारण अन्य क्षेत्रसँगै कला र फिल्म क्षेत्रका लागि धेरै निराशाजनक र थोरै आशाको वर्ष सावित भएको छ। अघिल्लो वर्षजस्तै गत वर्ष कोरोना संक्रमणले नेपाललाई समेत त्राहिमाम बनाएका कारण लामो समयसम्म फिल्म र कलाका सबैजसो गतिविधि बन्द हून पूगे भने संक्रमण घटेसँगै बीच-बीचमा हल खूल्ला गरिए पनि धेरैजसो समय बन्द रहँदा यससँग सम्बन्धित सम्पूर्ण गतिविधि प्रभावित बन्न पुग्यो।

गत वर्षको वैशाख १६ बाट तेस्रो चरणको लकडाउन भयो। महामारीका कारण गत वर्ष पनि फिल्म खासै प्रदर्शन हून सकेनन्। वर्षको अन्तिमतिर आएर संक्रमण दर घटेसँगै कलाका विभिन्न गतिविधिका साथ फिल्म क्षेत्र केही चलायमान हुन थाल्यो। कोरोनाका कारण केही वर्षदेखि थन्किएकामध्ये केही फिल्म प्रदर्शन भए भने केही फिल्मले प्रदर्शन मिति तय गरे।

वैशाखबाट शूरु भएको तेस्रो चरणको लकडाउन र यसबाट सिर्जित अवस्थालाई सरलीकरण गर्न थूप्रै कलाकर्मीले सहयोगको हात अघि बढाए। उनीहरुले  कोरोना र यसबाट सिर्जित अवस्थाका पीडित आर्तहरुको घाउमा सहयोगरुपी मल्हम लगाइदिएका थिए।गत असार १ गते सिन्धूपाल्चोकको मेलम्चीस्थित इन्द्रावती नदीमा आएको बाढी पहिरोका कारण घरबारविहीन भएर बिचल्लीमा परेका मेलम्ची बजारका स्थानीयबासीलाई पनि कलाकर्मीले सहयोग गरे। त्यसपछिका गतिविधि के कस्ता रहे त?