बिहेबारी र सम्बन्ध विच्छेद



असार १८ गते नायिका सूपूष्पा भद्म प्रेमी तथा फिल्म निर्माता रौनक विक्रम कडेलका साथ विवाह बन्धनमा बाँधिइन्। असोज अन्तिम साता लोकप्रिय हास्यव्यंग्यकार मनोज गजूरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत मञ्जू पोखरेलसँग विवाह बन्धनमा बँँधिए।

सिने जगतका दूई चर्चित अभिनेत्री ऋचा शर्मा र प्रियंका कार्की आमा बने। दिपेक्ष विक्रम राणसँग विवाह गरेको दूई वर्षपछि ऋचाले भदँै २५ गते नर्भिक अस्पतालमा छोरालाई जन्म दिइन्।

२०७६ फागूनमा विवाह बन्धनमा बाँधिएका अभिनेता आयूष्मान देशराज जोशी श्रेष्ठ र अभिनेत्री प्रियंका कार्की दम्पतीलाई असोज पहिलो साता पूत्री लाभ भयो।मंसिर दोस्रो साता नायक निखिल उप्रेतीको पहिलो पत्नी कोपिला उप्रेतीले उनीसँग सम्बध विच्छेद गरिन्। नायिका सञ्चिता लूईंटेलसँग विवाह गरेको १३ वर्षपछि निखिलको दोस्रो परिवार (नायिका सञ्चिता लूर्इंटेल) को सूविधाका लागि भन्दै उनीसँग सम्बन्धविच्छेद गरेको कोपिलाले प्रष्ट पारिन्।

 

प्रतिक्रिया दिनुहोस्