एफ क्युब सिनेमाज़मा बिहान तिनै बजे फिल्म शो


न्युज अफ नेपाल, काठमाडौं ।

नेपालको फिल्म प्रदर्शन ईतिहासमै पहिलोपटक एफ क्युब सिनेमाज़ले बिहान ३ बजे नै शो राखेको छ।

एफ क्युब सिनेमाज़ले साउथ इन्डियन फिल्म केजिएफ च्याप्टर २ को लागि बिहीबार बिहान ३ बजेकै शो राखेको हो। बिहान ४ बजेका लागि राखिएको शो हाउसफुल भएपछि ३: ४५ को शो थपिएको र त्यो पनि हाउसफूल भएपछि ३ बजेको शो थपेको एफ क्युब सिनेमाज़ले जनाएको छ।