भिडियोमा चाहे जून सम्झ तिमीले


काठमाडाैं ।

गायिका बुनु श्रेष्ठले हालै आफ्नो नयाँ गीत दर्शकसमक्ष पस्किएकी छन्।बुनुको स्वरमा सजिएको चाहे जुन सम्झ तिमीले बोलको गीतमा निल शाक्यको संगीत तथा प्रकाश दीप श्रेष्ठको शब्द रहेको छ।

विभिन्न रमणीय प्राकृतिक वातावरणका मनमोहक दृश्यमा छायांकन गरिएको भिडियोमा बुनुको कलात्मक अभिनय देख्न सकिन्छ। गीतमा एक प्रेमिकाले आफ्नो प्रेमीलाई कल्पिएर पोखेका भावना सुन्न सकिन्छ। गीतको भिडियो पार्वती तिमल्सिनाले निर्देशन गरेकी छन् भने बिनुप सुनुवारले छायांकन गरेका छन्।