पुष्पल र केकीले मारे बाजी

0
Shares

काठमाडाैं  ।

छायाँछवि क्रियसनको आयोजनामा डी. सीने अवार्डको १२औँ संस्करण काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ।

२०७६ सालभर प्रदर्शनमा आएका फिल्मका लागि आयोजित अवार्डमा फिल्म छ माया छपक्कैले सर्वाधिक आठ विधाको अवार्डलाई आफ्नो बनाएको छ भने मारुनी र साङ्लोले ६ विधाको अवार्ड जितेको छ। मारुनी वर्षको उत्कृष्ट फिल्मको अवार्ड जित्न सफल भएको छ भने यसै फिल्मबाट निर्देशक नवल नेपाल र अभिनेता पुष्प खड्काले पनि अवार्ड जितेका छन्।

त्यसैगरी, अभिनेत्रीतर्फ छ माया छपक्कैबाट केकी अधिकारीले अवार्ड जितिनन् भने जुरी अवार्डतर्फ यही फिल्मले पपुलर फिल्मको अवार्डसँगै निर्देशक दीपेन्द्र लामाले पनि अवार्ड जिते।

छ माया छपक्कैले पपुलर फिल्मतर्फ जुरी अवार्ड जित्यो।समारोहमा एलिस कार्की पाश्र्व संगीत, अमित श्रेष्ठ ध्वनी मिश्रण, राजेन्द्र थापा गीतकार, कृष्ण काफ्ले पाश्र्व गायक, इतु जोजीजु पाश्र्व गायिका, बसन्त थापा फिल्म लोक संगीतकार, अर्जुन पोखरेल संगीतकार, कविराज गहतराज नृत्य निर्देशक, श्री श्रेष्ठ द्वन्द निर्देशक, केदारप्रसाद घिमिरे हास्य कलाकार, प्रकाश शाह खलपात्र, गोविन्द फूयांल कथा, आशुतोष राज श्रेष्ठ पटकथा, रामबाबु गुुरुङ र उपेन्द्र सुब्बा सम्वाद विधाको विजेता भए।

त्यसैगरी, अंकित शर्मा नव–नायक, रुवीना थापा नव–नायिका, विराज भट्ट नव–निर्देशक, माओत्से गुरुङ चरित्र अभिनेता, मिथिला शर्मा चरित्र अभिनेत्री, जितु नेपाल सह–अभिनेता, स्वस्तिमा खड्का सह–अभिनेत्री, सञ्जय लामा छायाँकार र बिपिन मल्ल सम्पादक विधाको अवार्ड विजेता भए।प्रतिष्पर्धामा रहेका २७ विधासहित जुरीले थप ६ विधामा अवार्ड प्रदान गरेको समारोहमा प्रथम अभिनेत्री भुवन चन्द थापालाई लाइफटाइम लिजेन्ड्री अवार्ड नगद २५ हजार एक रुपैयाँसहित प्रदान गरियो। त्यस्तै, अभिनेता विजय लामा र अभिनेत्री तथा निर्देशक झरना थापालाई फिल्मकर्मी रजत सम्मान प्रदान गरियो भने विष्णुप्रसाद सुवेदीलाई १२ हजार दुई सय २२ रुपियाँसहित फिल्म पत्रकारिता पुरस्कार प्रदान गरियो।

कार्यक्रममा जीतु नेपालले बढ्दो सामाजिक सञ्जालको विकृतिमाथि व्यंग्य गर्दै दर्शक हँसाएका थिए भने दीपशा बिसीले नृत्य र कृष्ण काफ्लेले गायन प्रस्तुत गरेका थिए।