अभिनेता भुवन केसीले भने, – ‘म काठमाडौंको मेयरमा उठ्दिन’



काठमाडौं ।

अभिनेता भुवन केसीले आफू काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्न असमर्थ रहेको बताएका छन् । आफूलाई मेयर पदको उम्मेदवार बनाउने उन्नत लोकतन्त्र पार्टीको निर्णयलाई साहसिक कदम भनेपनि आफूभने उम्मेदवार बन्न नसक्ने बताएका छन् ।

‘प्राविधिक कारण तथा कार्यव्यस्ताका कारण म महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको छु । उनले फेसबुकमा लेखेका छन्, – ‘हालका दिनसम्म म कुनै पनि पार्टीमा नरहेको पनि जानकारी गराउन चाहान्छु ।’

प्रतिक्रिया दिनुहोस्