नवलपुरबाट पनि थुना आदेश भएपछि पल पुनः तनहुँ कारागारमा



नवलपरासी पूर्व ।

एक नाबालिग गायिका करणीको अभियोगमा तनहुँ जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा रहेका नायक पल शाहलाई जिल्ला अदालत नवलपुरले पनि थुनामै पठाउन आदेश गरेको छ ।

बुधबार अबेर राति भएको आदेशमा जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई जारी मुद्दाको पुर्पक्षका लागि तनहँ कारागार पठाउन आदेश दिएसँगै उनलाई तनहुँ पठाइएको छ । जाहेरवाला सरकारी वकिल र विपक्षका तर्फबाट चलेको दिनभरको वहसपछि शाहलाई थुनामै पठाउने आदेश भएको नवलपुर अदालतका सूचना अधिकारी लाल बहादुर क्षेत्रीले बताए । शाहको पक्षमा ९ जना वकिलले बहस गरेका थिए ।

पलसँगको अघिल्लो दिन सरकारी तथा विपक्षीतर्फका वकिलबाट भएको लामो बहसपछि अदालतले सो आदेश गरेको हो। आदेशमा आगामी वैशाख ७ गते शाहका तर्फबाट साक्षी वकपत्रका लागि हाजिर हुन भनिएको छ।

करणी अभियोगको जाहेरीपछि तनहँ प्रहरी समक्ष आत्मसमर्पण गरेका शाहलाई पीडित किशोरीले गैंडाकोट प्रहरी कार्यालयमा आई पलविरुद्ध सोही प्रकृतिको जाहेरी दिएकी थिइन््।
तनहुँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि पलले तारेखमा थुनामुक्त हुनुपर्ने माग दाबी गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका छन्। पलका तर्पmबाट उनका कानुन व्यवसायीहरूले दर्ता गरेको उक्त निवेदन उपर उच्च अदालतले प्रक्रिया अघि बढाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्