प्रेमिल शैलीमा बाँध मायाले (भिडियोसहित)



गायक निमा तामाङ र गायिका अन्नु चौधरीको युगल गायनमा प्रेमिल शैलीको गीत बाँध मायाले बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा प्रेम र आकर्षणको भावलाई समिटिएको गीतमा तारा प्रकाश लिम्बूको शब्द र संगीत रहेको छ। गीता सबिन लिम्बूको संगीत संयोजन रहेको छ।

गीतको भिडियोमा स्वयम् गायक तामाङ र बिमला खाजुमलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ। भूपेन्द्र तुम्बाहाम्फेको छायांकन र सम्पादनमा भिडियो तयार पारिएको गीतको भिडियो ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्