गायक पोखरेल रेडियो नेपालको सदस्यमा नियुक्त



गायक सीताराम पोखरेल रेडियो प्रचार सेवा विकास समिति (रेडियो नेपाल) को सदस्यमा नियुक्त भएका छन्। पोखरेल सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट दुई वर्षका लागि रेडियो नेपालको सदस्य नियुक्त भएका हन्। पोखरेलले रेडियो सञ्चालक समितिमा रहेर रेडियो नेपालको विकास र विस्तारमा योगदान गर्ने बताए।

२०४४ मा सजाइदियौ जिन्दगी मेरो बोलको गीतबाट सांगीतिक यात्रा शुरु गरेका पोखरेलका एक दर्जन एल्बमका साथमा विभिन्न विधाका दुई सयभन्दा बढी गीत सार्वजनिक भएका छन्। उनी आफ्ना गीतको भिडियोमा आफैँ मोडलका रूपमा देखिँदै आएका छन् भने विभिन्न सांगीतिक तथा सौन्दर्य प्रतियोगितामा निर्णायक रहँदै आएका छन्। पोखरेल नेपाल आयल निगमको अवकाशप्रापत निर्देशक पनि हुन्।

प्रतिक्रिया दिनुहोस्