हाँसो र संवेदनामा लक्का जवान (ट्रेलर)



लोकप्रिय हास्य अभिनेता तथा हास्य सिरियल निर्देशक शिवहरी पौडेलको डेब्यु निर्देशनमा बनेको फिल्म लक्का जवानको मंगलबार राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको छ।

कमेडी जनरामा बनेको सामाजिक कथावस्तुको फिल्मको ट्रेलर हासो र संवेदनाले भरिएको छ। फिल्ममा दिलिप रायमाझी, सलोन बस्नेत, प्रियंका कार्की, वर्षा शिवाकोटी, मदनकृष्ण श्रेष्ठ, सरोज खनाल, किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल, स्व. जयनन्द लामा, स्व. रमेश केसी ‘मट्टारे’, देशभक्त खनाल, अन्सुया श्रेष्ठ, सावित्री गुरुङ, अञ्जु महर्जन, नरेन्द्र कंशाकर, शुशिल पोखरेल, सुरेन्द्र केसी, रवि डंगोल, मुकुन्द मैनाली, विनोद केसी, विमला गिरी, निरज नेपाल, डोल्मा ह्योल्मो, धनीराम मुस्कानलगायतका कलाकारले अभिनय गरेका छन् भने ट्रेलरमा प्रायः जसो कलाकारलाई अटाइएको छ।

आमा बंगलामुखी फिल्म्स् प्रोडक्सनको ब्यानरमा ध्रवु वन्तको प्रस्तुति तथा अन्सुया श्रेष्ठको निर्माण, किरण केसी, शिवहरि पौडेल र दिलीप रायमाझीको कार्यकारी निर्माण, शुशिल अर्याल, डाइसी अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँको सह–निर्माणमा निर्मित फिल्ममा निर्देशक पौडेलकै कथा र पटकथा, गीत र संगीत बबुल गिरी, कोरियोग्राफी कविराज गहतराज, छायांकन पुरुषोत्तम प्रधान र सम्पादन मित्र डी. गुरुङको रहेको छ।

२ वर्षअघि चैत २१ गतेका लागि रिलिज डेट तोकिएको फिल्मको कोरोना कहरका कारण हल बन्द भएपछि प्रदर्शन स्थगित भएको थियो। अब भने यो फिल्म आगामी वैशाख २३ गते नेपालभर रिलिज हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्