नवलपुरमा पल शाहको पक्ष र विपक्षमा थुन छेक बहस जारी 

0
Shares

नवलपरासी ।

नवलपरासी पूर्व नाबालिक गायिका करणीको आरोप लागि न्यायिक पूर्पक्षमा रहेका नायक पल शाहको नवलपुर जिल्ला अदालतमा थुन छेक बहस चलेको छ ।

शाहको पक्षमा बुधबार ९ भन्दा बढी वकिलले बहस गरिरहेको जिल्ला अदालत नवलपुरका वैतनिक वकिल दीपक भट्टराईले बताउनु भयो ।
पूर्वी नवलपरासीको ईलाका प्रहरी कार्यालय गैँडाकोटमा पीडित बालिकाले आफ्ना अभिभावक सहित आएर पल विरुद्ध करणीको आरोप सहित निवेदन दिएकी थिइन ।

तनहुँ जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि स्थानीय कारागारमा रहेका शाहलाई अदालती परिपत्र अनुसार थुनछेक बहसका लागि मंगलबार जिल्ला अदालत नवलपुरमा पेस गरिएको थियो ।

नवलपुर जिल्ला अदालतमा पेस भएका पल शाहसँग जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले करिब ६ घण्टा लामो बयान लिएको थियो ।बुधबारै पीडितका पक्षबाट पनि सरकारी वकिलका तर्फबाट बहस गरिएको बताइएको छ । यसै गरी अन्य दुई कानुन व्यवसायीहरू पनि  पीडितका पक्षमा थुनछेक बहसका लागि नवलपुर जिल्ला अदालत आइपुगेको जनाइएको छ ।