राजनीतिक विकृतिविरुद्ध गीत



स्थानीय तहको चुनावको माहोल बढ्दै गएका बेला र उम्मेदवारहरू यसको प्रचार प्रसारमा व्यस्त भइरहेका बेला जनचेतनका लागि गीत तयार पारेर सार्वजनिक गरिएको छ। गायकहरू अमृत आचार्य, माइला गुरु, महेश नेपाल र नवराज गौतमले चुनाव आयो भेडा हो बोलको गीत गाएर सार्वजनिक गरेका हुन्। महेश नेपाल र अमृत आचार्यको शब्द तथा महेशका साथ कृष्ण लामिछानेको संगीत रहेको गीतमा विभिन्न खालका संवादको समेत प्रयोग गरिएको छ।

राजनीतिक जन चतेनाका लागि तयार पारिएको गीतको भिडियोमा राजनीतिक विकृति, विसंगति र भ्रष्टाचार लगायतका विषयमा तीव्र असन्तुष्टि पोखिएको छ। सामवेद डिजिटल मिडिया युट्युबमार्फत सार्वजनिक गीतको भिडियोमा महेश नेपालको निर्देशन रहेको छ भने महेशका साथमा अमृत आचार्य, रवीन्द्र नेपाल, प्रत्युष नेपाललगायतको अभिनय रहेको छ। गीतको भिडियोमा शितलराज गिरीको छायांकन र चेतन सामतको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्