मिस्टर नेपालमा ३६ युवाको भिडन्त



पुरुषहरूको सौन्दर्य प्रतिभा मिस्टर नेपाल २०२२ मा ३६ युवाको भिडन्त हुने भउको छ। छनोटमा परेका प्रतियोगी हाल प्रशिक्षणमा जुटिरहेको आयोजक नेक्स्ट मोडल्स नेपालले जानकारी गराएको छ।

प्रतियोगितामा काठमाडौंबाट रोनिस खड्गी, प्रसन्न राई, सिर्जन पाठक, एलिश गिरी, स्वराज श्रेष्ठ, प्रवीण विक र विकाश गमाल, ललितपुरबाट रूपेश महत्तो, काभ्रेबाट जीवन गिरी, योगेश लामा तामाङ, आकाश भैला र विशाल महत, सिन्धुपाल्चोकबाट ईश्वर बोगटी र प्रकाश श्रेष्ठ, काभ्रेपलाञ्चोकबाट कपालिक खनाल, धादिङबाट कुशल नहर्की, धनुषाबाट आयुष खड्का, कैलालीबाट कैलाश रावत र समीप शाही, बाँकेबाट खिमराज शर्मा र सुरज आले, पर्साबाट डा. नरोतम तिवारी र प्रेम चन्द्र मण्डल, मोरङबाट आयुष ढकाल, नुतन श्रेष्ठ, विशाल कटुवाल र सविन श्रेष्ठ, झापाबाट अभिषेक चुडाल, ओखलढुंगाबाट रूपेश दाहाल र मानस कुमार राई, रुपन्देहीबाट प्रसिद्ध खाँड, चितवनबाट सञ्जय पनेरु, नुवाकोटबाट नवीन श्रेष्ठ, सर्लाहीबाट दीपेन्द्र कुमार शर्मा भिड्दै छन्।

आगामी वैशाख ३ गते राजधानीमा हुने प्रतियोगितामा कोरियोग्राफर प्रशान्त ताम्राकारको कोरियोग्राफी रहनेछ । युवाहरूको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर, नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिने लागेको आयोजकले जनाएका छन्। प्रतियोगिताको शीर्ष विजेताले मिस्टर वल्र्ड २०२३ मा सहभागिताको अवसरका साथसाथै पाँच लाख रुपियाँ नगदसहित विभिन्न ब्रान्डको ब्रान्ड एम्बेस्डर, फेस अफ ब्रान्ड, विज्ञापन, म्युजिक भिडियो र फिल्ममा अभिनय अवसर प्राप्त गर्ने दाबी आयोजकको छ।

प्रतिक्रिया दिनुहोस्