पत्नीको मायाले रकको गाला चड्काएका थिए स्मिथले



हलिउड अभिनेत वील स्मिथ हालै अमेरिकाको लस एन्जलसस्थित डब्ली थिएटरमा आयोजित ९४औँ ओस्कार अवार्ड समारोहमा हास्य अभिनेता क्रिस रकलाई हास्य प्रस्तुति दिइरहेका बेला स्टेजमा गएर गाला चड्काएका कारण चर्चाको पात्र बने।

ओस्कारजस्तो विश्व प्रसिद्ध समारोहमा त्यस्तो हर्कत गर्नुको कारण उनकी श्रीमती अभिनेत्री पत्नी जेडा पिन्केट स्मिथ थिईन्। समारोहमा रकले कपाल मुण्डन गरेकी आफ्नी पत्नीको भद्दा मजाक गरेको सहन नसकेपछि स्मिथले स्टेजमै गएर उनको गाला चड्काएका थिए। उनले आईन्दा तिम्रो फोहोरी मुखबाट मेरी श्रीमतीको नाम नलीनु भन्दै रकलाई चेतावनीसमेत दिएका थिए। उक्त घटनाको केहि समयपछि फिल्म किङ रिचर्डसबाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड ग्रहण गर्न स्टेजमा पुगेपछि भने स्मिथले भावुक हुँदै आफ्नो हर्कतको लागि माफी मागेका थिए। यो घटनाबाट नै स्मिथले आफ्नी पत्नीलाई कति माया गर्दा रहेछन् भन्ने प्रमाणित हुन्छ।

वास्तवमा जाडा एलोपेसिया एरिटा नामक रोगसँग सघर्ष गरिरहेका रहिछन्, जसका कारण उनी टाउकोको केहि तथा पूरै भागको कपाल झर्ने समस्या भोगिरहेकी छन् र उक्त समस्या दीर्घकालीन समेत हुन सक्छ। सन् २०१८ मा यसबारे पहिलोपटक खुलासा गरेकी जेडाले आफ्नो समस्याको बारेमा धेरैपटक मुख खोलेकी छिन्। उनले पहिलोपटक आफ्नो कपाल निकै झरेको घटनादेखि आफूलाई निकै डर लागेको बताएकी थिईन्। टाउकाको विभिन्न भागको कपाल झरेपछि पुरै कपाल मुण्डन गरेकी जेडा त्यसपछिका दिनमा नक्कली कपालको सहरा विना नै सार्वजनिक स्थलमा सहभागी हुँदै आएकी छन्। ‘मलाई आफ्नो खुईलीएको टाउको सँधै लुकाएर हिँड्न गाह्रो थियो। त्यही कारण मैले आफ्नो समस्या सार्वजनिक गरेँ र विना कपाल नै हिँड्न थाले। ताकि कसैले कपालबारे प्रश्न नगरुन्’ उनले एक अन्र्तवार्ताको क्रममा भनेकी थिइन्।

एजेन्सीका अनुसार स्मिथ र जेडाले आफ्नो सम्बन्धको बारेमा कहिल्यै पनि लुकाएनन्। सन् १९९४ मा फ्रेस प्रिन्स अफ बेल यएरमा स्मिथको प्रेमीकाको भूमिकाका लागि अडिशन दिने क्रममा उनीहरूको भेट भएको थियो। सन् १९९५ मा ज्याम्पिनोसँग सम्बन्धविच्छेद गरेपछि जेडा र स्मिथको प्रेम शुरु भएको थियो भने सन् १९९८ मा उनीहरुले विबाह गरेका थिए। स्मिथले रेड टेबल टक नामक शोको अन्र्तवार्तामा आफूहरुको सम्बन्ध प्रेममा आधारित नभई यौन सम्बन्धमा आधारित भएको बताएका थिए। २१ वर्षको उमेरसम्म मदिरा नछोएका स्मिथ एक समय मदिरा विना बाँच्न नसक्ने स्थितिमा पुगेका थिए। ‘हाम्रो भेटको सुरुवाती चार महिनासम्म हामी दुबै खूव मदिरा पिउँथ्यौ र दिनमा कयौँपटक यौन सम्बन्ध राख्थ्यौँ’ अन्र्तवार्ताका क्रममा स्मिथले भनेका थिए ‘मैले जीवनमा कयौँ महिलाका साथ यौन सम्बन्ध बनाएँ। सेक्स एडिक्ट भएका कारण म मानसिक बिमारीसँग पनि जुध्न पुगेँ र विस्तारै उक्त समस्याबाट बाहिर आएर राम्रो जीवनयापन व्यतित गर्न थालेँ।’

स्मिथ र जेडा एकपटक एक अर्कासँग छुटिएका थिए। त्यसपश्चात् गायक अगस्ट अल्सिनाको साथ सम्बन्ध बनाएकी जेडा उनीसँगको सम्बन्धबाट खुशी हुन नसकेको महशुस भएपछि फेरि स्मिथको जीवनमा फर्किएकी थिइन्। हाल स्मिथ तथा जेडा तीन बच्चाहरुका साथ आनन्दको जीवन बिताइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्