नेवार सुन्दरीको कामना



नेप्लीज फेशन होमको आयोजनामा १६औं संस्करणको मिस नेवाः नेपाल ११४२ आगामी वैशाख १८ गते आइतबार राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ।

नेवार समुदायका सुन्दरीहरूबीचको यो प्रतिस्पर्धामा विशेषता मानन्धर, नेहा माली, कृतिका दुवाल, एभ्रील महर्जन, सिर्जुला महर्जन, सेलिन प्रजापति, स्नेहा श्रेष्ठ, श्रेया महर्जन, अतृषा महर्जन, दीया महर्जनआस्था श्रेष्ठ, दीया महर्जन, रेविका महर्जन स्वेच्छा महर्जन, विजेता बज्राचार्य, शिला प्रजापति, सलिना महर्जन, लुमन्ती महर्जन, सेलिन प्रजापति, स्नेहा श्रेष्ठ, श्रेया महर्जन, अतृषा महर्जन, सिर्जला महर्जन, सविना बज्राचार्य, सिर्जला महर्जन र सविना बज्राचार्य गरी १९ नेवार सुन्दरीबीच अन्तिम स्पर्धा हुनेछ ।

‘हामी मिस नेवाः मा नेवारी संस्कृति र संस्कारअनुसार पूजा कसरी गर्नेदेखि भोज कसरी बनाउने, नेवारी लिपि, गरगहनादेखि भाषा र पहिरनसम्म गरी नेवार कला, संस्कृति, भाषा र संस्कारसम्बन्धी सबै कुरा सिकाउँछौँ । प्रतियोगिताबारे जानकारी गराउँदै नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले भनिन्। यसै क्रममा शनिबार अन्तिम स्पर्धामा सामेल नेवार सुन्दरीहरूले वसन्तपुरस्थित कुमारी मन्दिरमा विश्व शान्ति तथा देशमा शान्ति र अमन चयनको कामना गर्दै लाख बत्ती बालेर पूजा आजा गरेका छन्।

प्रतियोगिताको विजेताले चम्किलो ताजका साथ पुरस्कारस्वरूप एक लाख रूपियाँ पुरस्कार प्राप्त गर्ने मानन्धरले जानकारी गराईन्। मिस नेवाः नेपाल ११४१ कृषा महर्जनले यो प्रतियोगिता सांस्कृतिक सौन्दर्य प्रतियोगिता भएको र यसबाट नेवारी संस्कृति, संस्कारदेखि जात्रा, पर्व, लवाइखुवाइका बारेमा नयाँ पिढीलाई ज्ञान प्रदान गरिने उत्कृष्ट थलोका रूपमा पाएको अनुभव सुनाइन्।

प्रतिक्रिया दिनुहोस्