टुबोर्ग दोहोरीमा ११ समूहको स्पर्धा



राजधानीको भुकुटी मण्डप बगैंचामाजारी टुबोर्ग छैठौं राष्ट्रिय रनिङ शिल्ड खुल्ला दोहोरी गीत प्रतियोगिता २०७८को दोस्रो दिन बिहीबारबाट प्रतिस्पर्धा सुरु भएको छ। प्रतियोगितामा कुल ६१ समुहले भागलिएका छन्। ती मध्ये बिहीबार १ समुह बीच प्रतिस्पर्धा गराईएको थियो। बाँकी प्रतियोगी समुहका बीच आज शुक्रवार प्रतिस्पर्धा गराउने निर्णायक मण्डलले जानकारी गराएको छ। प्रतियोगितामा चन्द्र शर्मा निर्णायक संयोजक र बद्रीपंगेनीसह संयोजकरहेका छन्।

कार्यक्रमको दोस्रो दिन बिच बिचमा आजीवन सदस्यता लिने र सहयोग गर्ने सहयोगीदातालाई सम्मान पनि गरिएको थियो। सोही सिलसिलामा दृष्टिबिहिन कलाकारको हकहितको लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको दृष्टिबिहिन शाखाको स्वीकृतिका साथ प्रमाणपत्र बितरण गरिएको थियो। प्रतियोगिता सँगै चर्चित कलाकारहरुको प्रस्तुति समेत प्रस्तुतगरिएको थियो। प्रतियोगितालाई युनिभर्सल टिभी, नेपाली रेडियोनेटवर्क मार्फत देशभरका एफएम स्टेशन र विभिन्न अनलाईनबाट प्रत्यक्ष प्रसारण गरिएको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड – १९ का कारण २ वर्ष अवरुद्ध भएर हाल अवस्था सामान्य भएपश्चात टुबोर्गको सहकार्यमा प्रतियोगितालाई पुनःनिरन्तरता दिइएको आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले जनाएको छ। सो प्रतियोगितामा विजय हुने प्रतियोगीहरुले नगद उपहार सहित विशिस्ट सम्मानपाउने जानकारी गराइएको छ।

प्रतिक्रिया दिनुहोस्