उपन्यासको नामबाट गीत



गीतकार डा. डिआर उपाध्यायले आफ्नो पछिल्लो गीत रुप अनेक नेपालमा चर्चित उपन्यासका नामबाट तयार गरेका छन्। गीत रोमान्टिक शैलीमा छ।

सागर अधिकारी ‘सरद’ को स्वर र संगीत रहेको गीतको एरेन्जमेन्ट देवेन्द्र नेवाले गरेका हुन्। गीतको भिडियोमा प्रतिमा विष्टसँग गीतकार उपाध्ययले रोमान्स गरेका छन्। माइकल स्टेपको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन र सिलन लम्सालको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्