टुबोर्ग दोहोरी शुरु



राजधानीको भृकुटीमण्डप बगैंचामा बुधबारबाट टुबोर्गको सहयकार्यमा छैटौं टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८ शुरु भएको छ। अर्थ सचिव मधुकर मरासिनी र लोक गायक कुमार बस्नेतले शुभारम्भ गरेसँगै प्रतियोगिता शुरु भएको हो।

अर्थ सचिव मरासिनीले एक समय गाउँमा गाईने लोक दोहोरी गीत अहिले शहरमा पनि त्यत्तिकै प्रचलित भएको चर्चा गर्दै प्रतियोगिताले लोक दोहोरीको विकासमा थप टेवा पुर्याउने विश्वास व्यक्त गरे। लोक गायक बस्नेतले आप्mनो पालामा लोक गीत गाउनेलाई गाउँलेको रुपमा हेर्ने गरेको स्मरण गर्दै कोरोनापछि लोक दोहोरी गीत प्रतियोगितामा दर्शकको उपस्थित देखेर खुसी व्यक्त गरे। आयोजक लोक दोहोरी प्रतिष्ठानका पूर्वअध्यक्ष तथा लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानले अहिलेका कतीपय चर्चित लोकदोहोरी गायक गायिका विगतमा यस्तै प्रतियोगिताबाट यो क्षेत्रमा आएको सुनाए।

गोरखा ब्रुअरीका मार्केटिङ डाइरेक्टर आशिष विष्टले सन् १९९० मा पहिलो पटक नेपालमा प्रवेश गरेको ब्रान्ड, टुबोर्गले आजको दिनसम्म विभिन्न संगीतिक कार्यक्रममा आबद्ध हुँदै छट्टै पहिचान बनाएको स्मरण गर्दै यही सिलसिलामा १८ वर्ष पहिले टुबोर्ग दोहोरी प्रतियोगितासँग आबद्ध भएको खुलाए। ‘संगी्रतको क्षेत्रमा दोहोरी, संगीत मात्र नभई नेपालीको संस्कृति र पहिचान पनि हो। टुबोर्गले यस प्रतियोगितासँग आबद्ध भएर यो संस्कृतिको जगेर्ना गर्ने हरेक गायक–गायिकालाई प्रोत्साहन र हौसाला प्रदान गरीरहेको छ’ विष्टको भनाइ छ। हास्य अभिनेता जितु नेपालले आफू मोडल बनेर कयौं लोक दोहोरी गीतमा नृत्य गरेको स्मरण सुनाए।

चार दिनसम्म जारी रहने प्रतियोगितामा राजधानी र मोफसबाट ६१ टोलीले भाग लिएको प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए। कार्यक्रममा दोहोरीसँगै खानाका विभिन्न स्टल पनि राखिएकाले दर्शकको आकर्षण बढेको छ।

शुभारम्भ समारोहमा गायक प्रकाश सपूतले पीर गीत गाउँदा दर्शकले तालीले साथ दिएका थिए। कुलेन्द्र विक, रामजी खाँडलगायतका विभिन्न कलाकारले प्रस्तुत गरेका गीतले पनि दर्शक नचायो। कार्यक्रममा जितु नेपालले हास्य प्रस्तुति प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्