रेकर्डिङमा ठगराज



सामाजिक कथामा निर्माण हुने फिल्म ठगराजको पहिलो गीत रेकर्डिङ कार्य सम्पन्न भएको छ। चलचित्र पत्रकार, लेखक तथा निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण र निर्देशनमा निर्माणाधीन फिल्मको माया बसेको रैछ बोलको गीतमा दीपक शर्माको संगीत र शब्द रचना सुवेदीकै छ भने एरेन्जमेन्ट शिवराम रसाइलीले गरेका छन्। माया प्रेमको गीतमा प्रताप दास र दीपाको स्वर रहेको छ।

गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रिएसनले निर्माण गर्ने फिल्म जेठमा छायांकन गरिने भएको छ। फिल्मको कलाकार तथा प्राविधिक टिम छनोट कार्य भइरहेको निर्देशक सुवेदीले बताए।

प्रतिक्रिया दिनुहोस्