नयाँ लगानीकर्तालाई सेयर तालिम



काठमाडौं (नेस) ।

सनी सेक्युरिटिजले साइन्टिफिक विजनेश हवअन्तर्गतको साइन्टिफिक लर्निङ्ग सेन्टरको सहकार्य र भ्याली स्टेट कलेजको समन्वयमा आधारभूत सेयर तालिम सफलताका साथ सञ्चालन गरेको छ । ग्लोबल मनि विकको बुल्ड योर लाइफ बी स्मार्ट एवाउट मनि भन्ने विषयवस्तुलाई सम्बोधन गर्ने गरी सञ्चालन गरिएको सो तालिममा एक सय चवालिस जनाको सहभागिता रहेको थियो ।

कार्यक्रम विशेष गरी नयाँ लगानीकर्ता तथा सेयर बजारमा भविष्य खोज्ने युवाका लागि धरै प्रभावकारी भएको कार्यक्रममा सहभागी एक लगानीकर्ताले जानकारी दिँदै आयोजक संस्थालाई धन्यवाद व्यक्त गर्नुभएको छ ।

साथै, साइन्टिफिक विजनेस हब प्रालिका प्रमुख कार्यकारी अधिकृत तथा तालिमका प्रशिक्षक उत्सव ढकालले, युवाको आर्थिक र वित्तीय क्षत्रसँग सम्बन्धित क्षमता अभिवृद्धि गर्ने, पैसा बुद्धिमानीपूर्वक व्यवस्थापन गर्ने र युवालाई सानै उमेरदेखि आर्थिक रूपमा सचेत गरी आवश्यक क्षमता अभिवृद्धि गर्दै सही वित्तीय निर्णयहरू लिन आवश्यक हुने ज्ञान, सीप, मनोवृत्ति र व्यवहारको विकास गर्ने पुनीत मनसायले तालिम कार्यक्रम आयोजना गर्ने सनी सेक्युरिटिजलाई आभार व्यक्त गर्नुभएको छ ।

सेयर बजारको आधारभूत ज्ञान नहुँदा लगानीकर्ताले ठूलो जोखिम मोल्नुपरेको अहिलेको अवस्थामा सेयर बजारको आधारभूत ज्ञानसहितका यस्ता कार्यक्रमहरू पुँजीबजारको दीर्घकालीन विकास तथा विस्तारमा समेत सहयोगी हुने कुरा मनन गरी सनी सेक्युरिटिजको पहलमा सेयर बजारसम्बन्धी जागरूक र जनचेतनामूलक तालिम देशव्यापी रूपमा सञ्चालन गरिरहेको कुरा साइन्टिफिक विजनेस हवअन्तर्गत सञ्चालित साइन्टिफिक लर्निङ्ग सेन्टरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्