पलको झम्के साँझ (भिडियोसहित)

0
Shares

अभिनेता पल शाहले अभिनय गरेको झम्के साँझ बोलको गीतको भिडियो रिलिज भएको छोटो समयमा नै ट्रेण्डिङमा आएको छ। लोकपप गायक सुनील गिरीद्वारा स्वरवद्व झम्के साँझमा अभिनेता पललाई सुन्दरी अभिनेत्री प्रकृति श्रेष्ठले साथ दिएकी छन्। गायक गिरीकै शब्द, संगीत, स्वर र संगीत संयोजन रहेको गीतमा उनलाई स्वरमा गायिका सुनिता तिमल्सिनाले साथ दिएकी छन्।

गीतको भिडियोमा रोदी घरमा हुने भम्के साँझमा आफ्नी मायालुलाई ढिला आएको आरोप लगाउँदै ठट्टा गरिएको रमाइलो कथा छ। भिडियो दिपेन्द्र तिमल्सिनाले कलात्मक शैलीमा तयार पारेका छन्। भिडियोमा अर्जुन तिवारीको छायांकन, मनोज कार्कीको सम्पादन र कलर रहेको छ। भिडियो गायक गिरीकै युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो।