ध्रुब बिस्कोको नयाँ गीत ‘पियारी’ सार्वजनिक


काठमाडौं ।

युवा पुस्तामा लोकप्रिय गायक धुब्र बिस्कोको नयाँ गीत सार्वजनिक भएको छ । ‘पियारी’ बोलको यस गीत केही समय अघि मात्र बजारमा सार्वजनिक गरिएको हो । बजारमा थुप्रै हिट गीत दिन सफल गायक बिस्कोको यस गीतले पनि दर्शक श्रोताको मन जित्ने अपेक्षा गरिएको छ ।

नेपाली समाजको वास्तविकतालाई प्रस्तुत गरिएको गीतको भिडियोले जो कोहीको पनि ध्यान केन्द्रित गर्दछ । नेपालमा बेरोजगारको समस्याको कारणले बाध्यताले प्रदेशिनुको पिडालाई गीतमार्फत देखाउन खोजिएको छ ।

गीतको भिडियोमा नायिका सुरबीना कार्कीले निकै अब्बल प्रस्तुति दिएकी छन् । नायिका कार्कीसँगै भिडियो रमेश चन्द शोडारीको पनि अभिनय देख्न सकिन्छ । उनीहरूको अभिनयले पनि गीतको भिडियोमा अझ श्रृङगार थप्ने काम गरेको छ ।

गायक बिस्को पछिल्लो एक दशक यता सक्रिय एवं लोकप्रिय गायक हुन् । बजारमा आएका काग दाँजै,टपरीमा भात, राइफलको सिरानी, ब्युटी पार्लर,सिल्की कपाल लगायतका थुप्रै गीतहरू उनका हिट नम्बर मानिन्छन् ।भर्खरै बजारमा आएको उनको पछिल्लो गीत “पियारी” गायक बिस्कोले अपेक्षा गरेको गीत समेत हो । गीतमा लय,शब्द तथा स्वर गायक बिस्कोकै रहेको छ ।

महिला आवाजमा उनलाई गायिका सहिमा श्रेष्ठले आफ्नो सुमधुर स्वर मार्फत साथ दिएकी छन् ।‘पियारी’ गीतको भिडियोलाई सविर श्रेष्ठले निर्देशन गरेका हुन् ईश्वर सिन्केमानको छायाँकन गरेको भिडियोलाई भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । कलर रेनिश फागोको छ । गीतलाई दिया प्रोडक्सन युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।