अनाथ बालबालिकासँग भूमिकाको जन्मदिन


काठमाडौं ।
गायिका भूमिका गिरिले आफ्नो जन्मदिन अनाथ बालबालिकासङ मनाएकी छन् । आज आफ्नो जन्मदिनको अवसर पारेर गायिका गिरिले काठमाडौँको चाबहिल मुलपानीमा रहेको स्नेहा आश्रम पुगेर अनाथ बालबालिकाहरूलाई खाद्यान्न,लत्ताकपडा र कापी कलम  हस्तान्तरण गरेकी हुन् ।
विगत लामो समयदेखि गायिकीमा रमाउँदै आएकी गायिका गिरिले पछिल्लो ५ वर्ष यता यसरी नै विभिन्न अनाथ आश्रममा पुगेर आफ्नो जन्मदिन मनाउँदै आएकी छन् । गायिका गिरि विभिन्न सामाजिक कार्यमा समेत सहभागी हुँदै आएकी छन् । उनले जन्मदिनकै अवसर पारेर क्यान्सर पीडितलाई समेत यथाशक्य सहयोग गरेकी छन् ।
चोली मैलो भो तारा सङै जुनू लगायतका थुप्रै चर्चित गीतहरू मार्फत आफ्नो बेग्लै छवि बनाइ सकेकी गायिका गिरिले  अनावश्यक खर्च गर्ने रकमले बुवा आम र आफन्त गुमाएका अनाथ बालबालिकालाई थोरै भएपनी राहत मिलोस् भन्ने भावनाले उक्त सामाग्री सहयोग गरेको बताइन् । सहयोग हस्तान्तरण गर्ने क्रममा कलाकार सुले मान शंकर इकु ,अनाथ आश्रमका सञ्चालकलगायतको सहभागिता रहेको थियो ।