बिहीबार नेप्से परिसूचक ५२ अंकले वृद्धि



काठमाडौं ।

साताको अन्तिम दिन बिहीबार सेयर बजार नेप्से परिसूचक ५२ अंकले बढेको छ । नेप्सेमा बिहीबार २ अर्ब ७९ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सेयर बजारमा वृद्धिसँगै १ सय ९८ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् । बिहीबार नेप्से परिसूचक २५६६.७९ अङ्कमा पुगेर बन्द भएको छ । बिहीबार सेयर कारोबार रकममा समेत उलेख्य सुधार भएको छ । लाईफ इन्स्योरेन्स सेक्टरमा २ सय ८५ अङ्क र नन् लाईफ इन्स्योरेन्समा १ सय ४९ अङ्कको वृद्धिसँगै सेयर बजारमा चमक देखिएको हो ।

बिहीबार कारोबार रकममा सुधार आएको छ । कारोबार रकममा बुधबारभन्दा ४३ करोड ९५ लाखले वृद्धि भएको छ ।सेयर बजारमा बिहीबार २ सय २९ कम्पनीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्