राष्ट्रिय प्याब्सनमा अध्यक्ष र सहअध्यक्ष सर्वसम्मत


न्युज अफ नेपाल, काठमाडौं । 

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (राष्ट्रिय प्याब्सन)को सातौँ महाधिवेशनले आलोपालो अध्यक्ष र सहअध्यक्षले आलोपाले अध्यक्षता गर्ने गरी सर्वसम्मत पदाधिकारी चयन भएको छ ।

महाधिवेशनले पाण्डव हमाल ठकुरीलाई अध्यक्ष र सुवास न्यौपानेलाई सहअध्यक्ष चयन गरेको छ । तीन वर्षे कार्यकालमा दुवै जनाले आलोपालो नेतृत्व सम्हाल्ने गरी नेतृत्व चुनेका छन् ।

हमालले पहिलो डेढ वर्षको कार्यकाल सम्हाल्नहुनेछ । त्यसपछि पछिल्लो डेढ वर्षे कार्यकाल सहअध्यक्ष न्यौपानेले सम्हाल्नेछन्  । न्यौपानेले आठौँ महाअधिवेशन गर्ने गरी नेतृत्व सम्हाल्ने सहमति भएको हो ।

बाँकेको नेपालगन्जमा सम्पन्न महाअधिवेशनले खुला उपाध्यक्षमा प्रवोधप्रभाकर रिजाल, यामबहादुर खड्का र शम्भु अधिकारी छनोट भएका छन् भने बाग्मती उपाध्यक्षमा डम्बर कार्की, कर्णाली उपाध्यक्षमा कमलबहादुर सिंह, प्रदेश १ उपाध्यक्षमा जयबहादुर श्रेष्ठ, सुदूरपश्चिम उपाध्यक्षमा श्यामसिंह मौनी, लुम्बिनी उपाध्यक्षमा सुबोधकुमार डाँगी, गण्डकी उपाध्यक्षमा तिलकबहादुर चौहान र मधेस प्रदेश उपाध्यक्षमा ब्रजेश मिश्र रहेका छन् । त्यस्तै महिला उपाध्यक्षमा यासिबा रहमान रहेको राष्ट्रिय प्याब्सनले जनाएको छ ।

नयाँ कार्यसमितिको महासचिवमा पारसमणि दाहाल, उपमहासचिवमा प्रकाशचन्द्र खड्का र कुसुम रानाभाट चयन भएका छन् । कोषाध्यक्षमा प्रतापबहादुर थापा र सहकोषाध्यक्षमा विक्रम ढुकुछु छनोट भएका छन् । २४ सदस्य कार्यसमितिमा सबै सर्वसम्मत चयन गरिएको छ ।

महाअधिवेशनले  केन्द्रीय सचिवमा राजु रोकाय, सुशील भट्टराई, कृष्णकुमार उप्रेती, धर्मराज रेग्मी, कृष्णप्रसाद पौडेल, विष्णुप्रसाद पराजुली, राजेन्द्रकुमार गुरुङ र राजनकुमार छाराङ निर्वाचित हुनुभएको छ ।