महिला सशक्तीकरणका आयाम र चुनौती, सरोकारवाला र जनप्रतिनिधिबीच अन्तर्क्रिया

0
Shares

मोतीराम तिमल्सिना, काभ्रे ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको आयोजनामा दिगो विकासका लागि नागरिक मञ्च ९सिवीक फोरम० काभ्रेको सहयोगमा धुलिखेलमा सरोकारवाला निकाय तथा स्थान ीय सरकारका प्रतिनिधिहरू बीच ११२ औ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा शुभकामना आदान प्रदान तथा महिला सशक्तीकरण विषयक अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले महिला सशक्तीकरणका लागि आत्मनिर्भर हुनु पर्नेमा जोड दिनु भयो । ‘महिला सशक्तीकरणको पहिलो शर्त आत्मनिर्भर हो’–प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भन्नुभयो–‘आत्मनिर्भरका लागि आयआर्जन तथा उद्यमशिलता तर्फ उन्मुख हुन जरुरी छ ।’

सीप सिकेर,आफुले गर्ने र गर्न सक्ने तथा जान्ने कामका बारेमा जानकारी गराउँदै समाजमा सचेतना फैलाउन सशक्तीकरणको जरुरी रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो । महिलाहरू माथी हुने विभेद तथा हिंसा न्यूनिकरणका लागि समाजका सबै पक्ष सचेत रहनु पर्ने बताउँदै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आयआर्जन हुने खालका उद्यमहरु संचालन गर्न, घरायसी कामका अलावा ब्यक्तिहरु सक्षम बन्न सीप सिक्न, वैदेशिक रोजगारमा जाने भए विस्तृत बुझेर मात्रै जान अनुरोध गर्नु भयो ।

जिल्लाका विभिन्न स्थानमा विभिन्न संघ संस्थाहरुहरुले नारी दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरिरहेका छन् ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले महिला सशक्तीकरणका आयाम, चुनौती र अवसरहरूका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

महिला सशक्तीकरण र उद्यमशीलताका बारेमा क्षेत्रीय होटल संघका महासचिव ज्योत्सना सैजुले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । धुलिखेलमा मात्रै १ सय ५० जना महिला उद्यमीहरू सक्रिय रहेको बताउँदै सैजुले ८० वटा होटलमा ४ सय महिला कामदारहरु कार्यरत रहेको जानकारी दिनु भयो ।

सिविक फोरमका कार्यकारी अधिकृत बसन्त कुँवरले वैदेशिक रोजगार र महिला कामदारको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । महिला कामदारहरु वैदेशिक रोजगारीमा जाने क्रममा ध्यान दिनु पर्ने कुराहरु, श्रम स्वीकृति तथा अन्य विषयमा ध्यान दिन अनुरोध गर्नु भयो ।

घरेलु तथा साना उद्योग महासंघ काभ्रेकी अध्यक्ष सुबासना श्रेष्ठले महिलाहरू घरेलु उद्योगमा सहभागी भए पनि राज्यले असहयोग गरेको बताउनु भयो । बजारको अभाव तथा घरेलु सामान महङ्गो हुने भएकाले प्रयोगमा समेत समस्या झेलिरहेको अध्यक्ष सुबासना श्रेष्ठले बताउनु भयो ।

कार्यक्रममा बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहाल, धुलिखेल उपप्रमुख विमला शर्मा, नमोबुद्ध उपप्रमुख रामदेवी तामाङ, बेथाञ्चोक गाउँपालिका उपाध्यक्ष सरिता लामिछाने, रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तोला, प्रहरी प्रमुख एसपी चक्रराज जोशी लगायतले नारी दिवसको अवसरमा लैङ्गिक हिंसा न्यूनीकरणमा सरोकारवाला निकायको दायित्व र भूमिकाका बारेमा धारणा राख्नु भएको थियो ।

कार्यक्रममा सशस्त्र प्रहरीका एसपी सुरेन्द्र बुढाथोकी, राष्ट्रिय अनुसन्धानका प्रमुख एसपी नगेन्द दाहाल, विभिन्न कार्यालयका महिला कर्मचारीहरु, सहकारीका महिला संचालक तथा कर्मचारीहरु, उद्योगी, ब्यवसायीहरु सहभागी थिए ।