मकवानपुरमा हट्यो कोभिड प्रतिबन्धात्मक आदेश


न्युज अफ नेपाल, हेटौंडा  ।

मकवानपुरमा कोभिड संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारलाई प्रभावकारी बनाउने उद्देश्यसाथ विभिन्न मितिमा जारी प्रतिबन्धात्मक आदेशहरू सोमबारदेखि लागु हुने गरी पूर्णरुपमा हटाइएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले प्रमुख जिल्ला अधिकारीसमक्ष यस्तो सिफारिस गरेको हो ।

कोभिड संक्रमण घट्दै गइरहेको सन्दर्भमा कोभिड संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारलाई प्रभावकारी बनाउने उद्देश्यसाथ प्रमुख जिल्ला अधिकारीद्वारा विभिन्न मितिमा जारी प्रतिबन्धात्मक आदेशहरू सोमबारदेखि लागु हुने गरी पूर्णरुपमा हटाउन प्रमुख जिल्ला अधिकारीसमक्ष सिफारिस गरिएको हो ।

आगामी दिनमा कोभिड संक्रमण फैलिन नदिन सामाजिक, सांस्कृतिक, राजनीतिक, व्यावसायिक, औद्योगिकलगायत गतिविधि सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड निरन्तर अवलम्बन गर्ने/गराउने, जिल्लाभित्र कोभिड संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारलाई प्रभावकारी बनाउने कार्यमा निरन्तर समन्वय, सहकार्य तथा सहयोग पु-याउने सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरकारी कार्यालय, राजनीतिक दल, जनप्रतिनिधि, गैरसरकारी संस्था, उद्योगी व्यवसायी, यातायात व्यवसायी, होटल व्यवसायी, सञ्चारकर्मी र नागरिक समाजलगायत जिल्लावासीमा बैठकले हार्दिक धन्यवाद ज्ञापन गरेको छ ।