रसुवामा पहिलो पटक डार्स खेल हुँदै

0
Shares

न्युज अफ नेपाल, रसुवा ।

रसुवामा पहिलो पटक डार्स खेल हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद्को तयारी र नेपाल डार्टस संघको आयोजनामा जिल्लामा पहिलो पटक प्रथम हाईअल्टिच्युट डार्स खेल हुने भएको हो ।

मंगलबार सदरमुकाम धुन्चेस्थित मिनीगोसाईकुण्डमा प्रतियोगिता सन्चालन हुने केन्द्रीय सचिव विनुपराज खनालले जानकारी दिएका छन् । प्रतियोगितामा देशैभरिबाट छनौट भएका उत्कृष्ट १६ खेलाडीबीच प्रतिस्पर्धा हुने उनले बताए ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतीयलाई मेडल, प्रमाणपत्र र अन्य गिफ्टद्धारा पुरस्कृत गरिने आयोजकले बताएका छन् ।