परिक्रमामा सहभागी एक श्रद्धालुको मृत्यु


न्युज अफ नेपाल, महोत्तरी ।

मिथिला माध्यमिकि परिक्रमामा सहभागी एक जना श्रद्धालुको मृत्यु भएको छ । १५ दिने मध्यमा परिक्रमाको पाँचौँ दिन सोमबार जलेश्वरमा बेहोस भएर भारतको विहार राज्यस्थित मधुवनी जिल्लाको भाईसपट्टी थाना बासुपट्टी बस्ने राजेन्द्र साहकी ५० वर्षीया पत्नी प्रमीला देवी साहको मृत्यु भएको महोत्तरी प्रहरीले जनाएको छ ।

जलेश्वर नगरपालिका वडा नम्बर–२ साउजीपट्टी परिक्रमा स्थल नजिक नुहाउने क्रममा रिंगटा लागेर बेहोस भएपछि उनलाई उपचारका लागि शान्ति कमिटी अस्पताल लगिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । मृतक साहको शव पोस्टमार्टमका लागि जलेश्वर अस्पतालमा लगिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।