भिसा र टिकटबिनै जहाज चढेको घटना छानबिन समितिले बुझायो प्रतिवेदन

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिना पासपोर्ट र टिकट विमानसम्मै पुगेको घटनाबारे अध्ययन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । ९ फागुन राति विमानको टिकट र भिसा नभएको व्यक्ति विमानस्थलभित्र छिरेर कतारको दोहा उडान भर्न लागेको नेपाल एयरलाइन्सको विमानमा पुगेका थिए ।

अन्तर्राष्ट्रिय विमानस्थलमा व्यक्ति यसरी विमानसम्म पुगेपछि सुरक्षा र जाँच प्रणालीलाई लिएर प्रश्न उठकेको थियो । त्यसपछि उक्त घटनाबारे जाँच गर्न १३ फागुनमा एक उच्चस्तरीय समिति गठन गरएको थियो । अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई संयोजक रहेको समितिले आइतबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको हो ।

समितिमा महासेनानी अनुप अधिकारी, प्रहरी उपरीक्षक वेद विष्ट, कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक किरण बस्नेत, उप(अनुसन्धान निर्देशक विष्णुमणि आचार्य, हवाई सुरक्षा निर्देशक वासुदेव भट्टराई, नेपाल वायु सेवा निगमका निर्देशक अनिल घिमिरे, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल र गृह मन्त्रालयका उपसचिव गोमा चेम्जोङ सदस्य रहेका थिए ।

समितिको प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले प्रतिवेदन कार्यान्वयन गरिने बताए । उनले विमानस्थलभित्र रहेका विभिन्न निकायसँगको सहकार्यमा प्रतिवेदन कार्यान्वयनमा अघि बढ्ने बताए ।