वामपन्थी नेता कृष्णराज बर्माको निधन

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

वामपन्थी नेता कृष्णराज बर्माको निधन भएको छ । ९३ वर्षको उमेरमा बर्माको आइतबार साँज उपचारको क्रममा निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि बर्मालाई ओम अस्पताल भर्ना गरिएको थियो ।

त्यहाँबाट उनलाई बुधबार ह्याम्स अस्पताल लगिएको थियो । उनको छातीमा इन्फेक्सन भएको थियो । उनी २००७ सालको राणा विरोधी आन्दोलनमा सामेल भएका थिए। उनकै नेतृत्वमा वाम घटकहरू २०४६ सालको जनआन्दोलनमा सहभागी भएका थिए ।