सर्लाहीमा बेवारिसे शव फेला


न्युज अफ नेपाल, जनकपुरधाम ।

सर्लाहीमा एक जना पुरुषको शव भेटिएको छ । आइतबार मध्यान्ह पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लालबन्दी नगरपालिका–१७, रानिगन्जस्थित कालिन्जोर पुलबाट पूर्वतर्फ पुरुषको शव भेटिएको सर्लाही प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गको छेउमै सडक भन्दा उत्तरतर्फ फेला परेको शवको परिचय खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

मृतकको टाउको र घाँटीमा चोट रहेकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा फरेन्सिक टोलीे र प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर मगाइएको लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले बताए ।