ट्रंकलाइन समाधान नहुँदासम्म उद्योगीको लाइन नकाटिने : गृहमन्त्री खाँण

0
Shares

यमलाल भुसाल, बुटवल ।

गृहमन्त्री बालकृष्ण खाँणले राज्य सञ्चालनमा निजी क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको बताउनु भ एको छ । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीको ६३ औं वार्षिक साधारण सभाको शनिवार भैरहवामा उद्घाटन गर्दै गृहमन्त्री खाँणले उद्योगी व्यवसायीबाट उठेका मागहरू सम्बोधन गर्न सरकारले प्रतिबद्ध रहेको बताउनु भयो ।

उहाँले निजी क्षेत्रप्रति मैत्रीपूर्ण व्यवहार गर्नुपर्छ भन्ने मान्यतालाई सरकारले कहिल्यै नर्विसने बताउनु भयो । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नहुँदा पनि एमसीसी राष्ट्रको हितमा भएको बताउँदै आउनु भएको उहाँले बताउनु भयो । एमसीसी प्रस्ताव अगाडी नबढेको भए उद्योग वाणिज्य क्षेत्रमा गम्भीर प्रभाव पर्ने थियो, उहाँले भन्नु भयो ।

कोभिड–१९ ले उद्योग वाणिज्य क्षेत्रमा प्रभाव पारेको उहाँको भनाइ थियो । गृहमन्त्री खाँणले आयात निर्यात असन्तुलित भएको तथा पेट्रोलियम पदार्थको आयात बढ्दै गएको बताउनु भयो । उहाँले ट्रान्समिसन लाइन बनाउन सके मुलुक समृद्ध हुने धारणा राख्नु भयो ।

एमसीसीको मूल उद्देश्य नै ट्रान्समिसन लाइन बनाउनु भएको उहाँको भनाइ थियो । उद्योगी व्यवसायीको विद्युतसम्बन्धि समस्या ‘ट्रंकलाइन’ समाधान नहुँदासम्म लाइन नकाटिने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भयो ।