एमसीसी विराेधमा प्रदर्शनकारी र प्रहरीबीच झडप (फाेटाे फिचर)



न्युज अफ नेपाल, काठमाडौं ।

एमसीसीको विरोधमा आयोजना गरिएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । प्रद्धर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले पानीका फोहरा प्रहार गरिरहेको छ ।

नेकपा माओवादीका भातृ संगठनहरुले वानेश्वरको सडकमा आयोजना गरेको प्रदर्शनका क्रममा तनाव भएको हो । आन्दोलनकारीले अराजक नारावाजीसहित ढुंगासमेत प्रहार गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

झडपका क्रममा एकजना पत्रकार र केही प्रदर्शनकारी समेत घाइते भएका छन् । अहिले माओवादी कार्यकर्ताले एमसीसीविरुद्धमा नारावाजी जारी राखेका छन् ।

तस्बिर : उजोल डंगोल

 

प्रतिक्रिया दिनुहोस्