प्रधानमन्त्री देउवा-प्रचण्ड भेटवार्ता : एमसीसी आज संसदमा टेबल नहुने



न्युज अफ नेपाल, काठमाडौं ।

अमेरिकी सहयोग परियोजना एमसीसी आज (बुधबार) को प्रतिनिधि सभा बैठकमा पेश नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको छलफलमा एमसीसी आज पेश नगर्ने सहमति भएको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारका अनुसार भोलि ३ बजे गठबन्धनका नेताहरुको बैठक बस्ने सहमति भएको छ । एमसीसीबारे सो बैठकले थप निणर्य गर्ने बताइएको छ । योसँगै बुधबार दिउँसो १ बजे बस्ने तय भएको प्रतिनिधिसभाको बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव अघि बढ्ने सम्भावना कम भएको छ ।

यद्यपि मध्यान्ह बसेको प्रतिनिधिसभा कार्यव्यवस्था समितिको बैठकमा कानुन मन्त्री दिलेन्द्र बडुले एमसीसीसम्बन्धी प्रस्ताव अघि बढाउन सभामुख अग्नि सापकोटासमक्ष प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्