प्रतिनिधिसभा बैठक उपस्थित हुन कांग्रेसको ह्वीप


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसले बुधबार बस्न लागेको प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि पेस गरिने भएपछि सरकार नेतृत्वकर्ता दल कांग्रेसले आफ्ना सांसदमा ह्वीप जारी गरेको हो ।

‘आजको संसद बैठकमा उपस्थित हुन पार्टीले ह्वीप जारी गरेको छ,’ कांग्रेस सांसद देवी तिमल्सिनाले न्युज कारखानासँग भने ।कांग्रेसले एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने निर्णय गरिसकेको छ । सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमसीसी अनुमोदन गर्नुपर्ने र यसमा लागि सबै राजनीतिक दल सहभागी हुन पनि आग्रह गरेको थियो ।