![](https://newsofnepal.com/wp-content/uploads/2022/02/Congress-samsad.jpg)
न्युज अफ नेपाल, काठमाडौं ।
नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन गरेको छ ।
सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघसहित म्याद सकिएको भ्रातृ संगठन र शुभेच्छुक संस्था विघटन गरेको डा.प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार फागुनभित्र तदर्थ समिति गठन गरिने छ ।