चितुवाको छालासहित २ जना पक्राउ


न्युज अफ नेपाल, दाङ ।

दाङकाे लमही नगरपालिका-५ रातोडाँडाबाट १ थान चितुवाको छालासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राजपुर गाउँपालिका-५ महसेनीखोला बस्ने ४३ वर्षीय राज कुमार पुन र तुलसीपुर उपमहानगरपालिका-११ बेलगडारी बस्ने २६ वर्षीय कृण्ण चौधरी रहेका छन् ।

वडा प्रहरी कार्यालय लमही र लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई जाँच गर्दा उक्त छाला सहित फेला पारी पक्राउ गरेको हो ।दुवै जनालाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि डिभिजन वन कार्यालय लमहीमा बुझाइएको छ ।