संसदमा महाभियोग प्रस्ताव पारित गर्ने कांग्रेस संसदीय दलकाे निर्णय


न्युज अफ नेपाल,काठमाडौं ।

नेपाली कांग्रेसको संसदीय दलको बैठक प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाभियोग प्रस्ताव पारित गर्न आह्वान गर्ने निर्णय गरेको छ।

कांग्रेसका महामन्त्री गगन थापाले बैठकले महाभियोग प्रस्ताव सम्वन्धनमा अन्य राजनीतिक दलहरुसँग छलफल गर्ने बैठकले निर्णय गरेको बताए।प्रधानन्यायाधीश जबरामाथि ९८ जना सांसदले संसदमा महाभियोग प्रस्ताव दर्ता गराएका थिए। उस्तै एमसीसी संसदमा टेबुल गर्न माग गर्ने निर्णय गरेको बताए।

उनले भने, ‘एमसीसी संसदमा अनुमोदन गर्ने प्रकृया अघि बढाउन आग्रह गर्ने निर्णय गरेको छ। एमसीसीमा कांग्रेसले द्वैध चरित्र देखाउँदैन। यो प्रस्ताव यसअघि संसदमा एमालेले टेबुल गरेको थियो।