बुधबारको संसद बैठकमा एमसीसी पेश हुने सम्भावना छ: शशांक

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले बुधबारको संसद बैठकमा एमसीसी पेश हुने सम्भावना रहेकाे बताएका छन् ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मंगलबार बसेको संसदीय दलको बैठकबाट बाहिरिने क्रममा उनले बुधबार बस्ने संसद बैठकमा एमसीसी पेश हुने सम्भावना रहेको जानकारी दिएका छन् ।

‘एमसीसीबारे हामीले छलफल गरेका छौं । एमसीसीको सफल कार्यान्वयनबारे डा. रामशरण महतले सबैलाई जानकारी गराउनु भएको छ,’ कोइरालाले भने, ‘सम्भवतः भोलीको संसद बैठकमा एमसीसी पेश गर्ने गरी तयारी हुँदैछ ।

काेइरलाले एमसीसी लागु भएका विश्वका अन्य मुलुकमा अमेरिकी सेना प्रवेश नगरेको बताउँदै कांग्रेस एमसीसी पारित गर्नुपर्ने पक्षमा रहेको पनि बताएका छन् ।