सिटिजन्स बैंक र हंग्री फास्टफुडबीच समझदारी


काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हंग्री फास्टफुड निजगढबीच सिटिजन्स बैंकको कार्डबाहकलाई १५ प्रतिशत छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षरपछि सिटिजन्स बैंकका कार्डबाहकले हंग्री फास्टफुडको सबै सेवा सुविधामा १५प्रतिशत छुट पाउने छन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरूलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था गरेको छ ।

मोबाइल बैकिङ्गमार्पत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी जस्ता सुबिधा बैंकले प्रदान गर्दै आएको छ । बैंकले हालसालै मोबाइलबाट कार्डलेस विथड्र सेवाको पनि सुरुआत गरेको छ ।