न्युज अफ नेपाल, काठमाडौं ।
नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मुल्य प्रतितोलामा एक हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको ९५ हजार ५०० रुपैँया कायम भएको छ ।
अघिल्लो साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी, आइतबार तेजावी सुनको मल्य तोलाको ९५ हजार निर्धारण भएको छ । साताको पहिलो दिन आइतबार चाँदीको मुल्य पनि प्रतितोलामा २० रुपैँयाले बढेको छ ।
शुक्रबार एक हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ३०० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
प्रतिक्रिया