‘महाभारतका भीम’ प्रवीण कुमार ७४ वर्षको उमेरमा निधन


न्युज अफ नेपाल, काठमाडौं ।

बीआर चोपडाको चर्चित टिभी सिरियल महाभारत मा भीमको भूमिका निभाएका प्रवीण कुमार सोबतीको निधन भएको छ । उनको ७४ वर्षको उमेरमा मंगलबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । महाभारत धारवाहिकबाहेक उनले अन्य थुप्रै धारावाहिक र बलिउड फिल्ममा पनि अभिनय गरेका थिए ।

फिल्ममा काम गर्नु अघि प्रविण एक खेलाडीसमेत थिए ।उनले एसियाली र कमनवेल्थ गेम्समा देशका लागि धेरै स्वर्ण र रजत पदक जितेका थिए। खेलकुदमा गरेको योगदानका लागि उनलाई सन् १९६७ मा अर्जुन पुरस्कार प्रदान गरिएको थियो ।

प्रवीण लामो समयदेखि बिरामी थिए भने काम नपाउँदा आर्थिक समस्याबाट समेत गुज्रिरहेका थिए । खेलकुदमा समेत नाम कमाएका प्रवीणले एशियन गेम र ओलम्पिकमा पनि प्रदर्शन गरेर लोकप्रिय भएका थिए ।