लोक लयमा चिया पकाउ (भिडियोसहित)

0
Shares

गायिका तथा सञ्चारकर्मी सरिता भारतीले गायक सुवर्ण कुमारका साथ लोक लयको गीत चिया पकाउ म्युजिक भिडियोसहित दर्शकमाझ ल्याएकी छिन्। यो गीतमा शब्द रचना, संगीत र संगीत संयोजन सुवर्णकै रहेको छ।

आफ्ना अधिकांश गीतको भिडियोमा आफैं मोडलिङ गर्दै आएकी सरिता यो गीतको भिडियोमा पनि मुख्य भूमिकामा छिन्। भिडियोमा सरिता र अभिनेता प्रवण भुसाललाई प्रेम जोडीका रूपमा प्रस्तुत गरिएको छ। सरिता र प्रवणसँगै विष्णु श्रेष्ठ, सुस्मिता श्रेष्ठ, सुनिता मगराती, सुष्मिता कार्कीले पनि भिडियोमा अभिनय गरेका छन्।

म्युजिक भिडियोमा सुवास बुढाथोकीको निर्देशन र कोरियोग्राफी रहेको छ भने यश कुमारको छायांकन र सम्पादन रहेको छ। भिडियो बुढासुब्बा डिजिटलबाट रिलिज गरिएको हो। गीत निकै मिठो बनेको र सोही अनुसारको भिडियो बनाएको सरिताको भनाइ छ।