हिमपात हुँदा पर्यटक बढे



लमजुङ ।

लमजुङको उच्चपहाडी भेगमा हिमपात हुँदा आन्तरिक पर्यटकको वृद्धि भएको छ । बुधबारदेखि लमजुङमा बाक्लो हिमपात भएको थियो । पर्यटकीयस्थल क्व्होलासोंथर गाउँपालिका–३ मा रहेको स्मार्टभिलेज घलेगाउँमा पनि हिमपात हुँदा हिउँ खेल्न जानेको संख्या बढको छ । समुद्री सतहदेखि २ हजार १ सय मिटर उचाइमा रहेको घलेगाउँसँगै घनपोखरा, नायुमा पनि हिउँ परेको स्थानीयले बताएका छन् ।

यस्तै, लमजुङको बेंसीशहर नगरपालिका १० कल्मेडाँडास्थित पर्यटकीय ठाउँ पिसहिल स्टेसनमा पनि बाक्लो हिमपात भएको छ । पिसहिलका व्यवस्थापक होमलाल तामाङका अनुसार समुन्द्री सतहबाट १ हजार ९ सय ६५ मिटर उचाइमा रहेको कल्मेडाँडामा हिमपात भएसँगै आन्तरिक पर्यटक हिउँ खेल्नका लागि पिसहिल पुगेका छन् ।

‘हिउँले घलेगाउँका डाँडाकाँडा सेताम्मे भएका छन् । घलेगाउँ, पिसहिलसहित मस्र्याङ्दी गाउँपालिकाको हर्सिङडाँडा, सिउरुङ, कालाघिरिङ पूर्वीभेगका दूधपोखरी, बराहपोखरी, मेमेपोखरी लगायतका उच्चपहाडी भेगमा बुधबार दिउँसोदेखि हिमपात भएको थियो ।’– पर्यटन व्यवस्थापन समिति ग्रामीण पर्यटन घलेगाउँका सचिव उमलबहादुर विक भननुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्