हरपलको नयाँ ब्राण्ड ‘गुलाब बासमती’ चामल नेपाली बजारमा


न्युज अफ नेपाल, काठमाडौं ।

हरपल चामलको नयाँ ब्राण्ड गुलाब बासमती चामल नेपाली बजारमा बिक्री वितरण सुरु भएको छ ।बिगत १७ वर्षदेखि हरपल ब्राण्डलाई नेपाली बजारमा बिक्री वितरण गर्दै आएको हरपल फुड्सले यो चामल बजारमा ल्याएको हो । १ केजी, ५ केजी र १० केजीको प्याकमा गुलाब बासमती चामल नेपाली बजारमा उपलब्ध रहेको प्रवन्धक तारामान धामीले जानकारी दिए ।

गुलाब बासमती चामल देशभरको बजारमा उपलब्ध भइसकेको धामीले बताए । भारतलगायत खाडी मुलुक र युरोपमा सर्वत्र उपलब्ध यो चामल नेपाली बजारमा लोकप्रिय हुनेमा कम्पनी बिश्वस्त रहेको छ धामीले बताए । ‘हरपल चामलले बिगत १७ वर्षदेखि नेपाली बजारमा आम उपभोक्ताहरुको मन जित्न सफल छ,’ ‘गुलाब बासमती पनि आम उपभोक्ताको रोजाईमा पर्नेमा हामी विश्वस्त उनको भनाइ छ ।

हरपलले वर्षेनी नयाँ नयाँ ब्राण्डहरु थप्ने क्रममा यो वर्षदेखि गुलाब बासमतीको बिक्री सुरुवात गरेको हो । ‘विशेष गरी बासमती चामल उपभोग गरिरहेका बासमती चामलका पारखीहरुलाई मध्यनजर गरेर यो चामल बजारमा ल्याएका हौं,’ उनले भने । भारतमा २४ वटा प्रान्तमा यो चामल निकै लोकप्रिय रहेको उनले जानकारी दिए ।

त्यस्तै कम्पनीले ग्यालेक्सी प्रिमियम बासमती राइस २० केजीको प्याकमा, ग्यालेक्सी जम्बो ११२१ बासमती राइस २० केजी, ५ केजी र १ केजीको प्याकमा र ग्यालेक्सी ब्राउन बासमती राइस १ केजीको प्याकमा बजारमा बिक्री वितरण गरिरहेको छ । त्यसैगरी कम्पनीले हरपल रिच राइस २० केजी र ५ केजीको प्याकमा बजारमा उपलब्ध गराइरहेको छ । मधुमेहका बिरामीलाई लक्षित गरेर हरपल उसिना चामल २० केजी र ५ केजीको प्याकमा पाइन्छ छ ।

हरपल पसन्द चामल स्टिम र बोइल गरेर २० र ५ केजीमा पाइन्छ छ । दीपम सोनम जिरा मसिनो चामल २५ केजीमा पाइन्छ । शुभमालिका ब्राण्डको चामल पनि नेपाली बजारमा प्रालिले बिक्री वितरण गरिरहेको छ । स्पेसल बिर्यानीका लागि ग्यालेक्सी गोल्डेन सेला बासमती राइस पनि बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

त्यसैगरी वर्षेनी हरपल फुड्स प्रालिले आम उपभोक्ताहरुको आवश्यकता र रुचीलाई मध्यनजर गरेर नयाँ नयाँ ब्राण्डहरु नेपालीहरुको बीचमा ल्याइरहेको धामीले जानकारी दिए । साथै बर्तमान अवस्थामा नेपालको आर्थिक अवस्थालाई मध्यनजर गरेर आम उपभोक्ताको रुची र आवश्यकतालाई मध्यनजर गर्दै होटल, होस्टेल, रेष्टुरेन्ट, थकाली भान्छाघर र क्याटरिङलाई ध्यान दिएर गुणस्तरयुक्त सहुलियत मूल्यमा गुलाब बासमती चामललाई नेपाली बजारमा ल्याइएको धामीले जानकारी दिए ।