मोतीलाल दुगड़को ७५औं जन्मोत्सवको अवसरमा रक्तदान र वृक्षारोपण


काठमाडौं । 

एम भी. दुगड़ समुहका अध्यक्ष मोतीलाल दुगड़को ७५ औ जन्म जयन्ती विभिन्न कार्यक्रमका साथ मनाइएको छ । कार्यक्रममा ६६६ युनिट रगत संकलन गरी वृहत् रक्तदान, ६३ जनाको निःशुल्क आँखाको शल्यक्रिया, २७३५ वटा वोटविरुवा वृक्षारोपण, ६४ जना वृद्धाहरूलाई खाना, २५ जना आर्थिक रुपले कमजोर विद्यार्थीहरूलाई उच्चशिक्षा अध्ययनको छात्रवृत्ति घोषण गरी एम भी. दुगड़ ग्रुपका अध्यक्ष मोतीलाल दुगड़को ७५ औं जन्मोत्सव मनाइएको हो ।

एम भी. दुगड़ ग्रुपका अध्यक्ष  मोतीलाल दुगड़को ७५ औ जन्म वर्ष परेकाले उनकाे  ७५ औं जन्मोत्सव के कसरी मनाउने भनी यस ग्रुपका विभिन्न डिपार्टमेन्टल हेडहरु लगायत वरिष्ठ कर्मचारीको सहभागितामा बृहत् छलफल पश्चात् हालको कोरोना काल समेतलाई मध्ये नजर गरी उनकाे  ७५ औं जन्म वर्षको नाममा कुनै पनि पार्टी, भोज भतेर, अनावश्यक जमघट, भेला आदी अनुत्पादन सिलको आडम्बर कार्य नगरी एउटा छुट्टै तरिकाले बर्सै भरी नै मनाउने र यसलाई उत्पादन सिल मुखी बनाउने भन्ने निष्कर्ष निकाली यस एम भी. दुगड़ ग्रुपका अध्यक्ष मोतीलाल दुगड़ ज्यूको ७५ औ जन्मोत्सवको पूर्व सन्ध्यामा यस एम भी.दुगड ग्रुपका सम्पूर्ण कर्मचारीवर्गहरुले नेपालमा कोरोना महामारीका कारण लामो समय देखि विभिन्न संघ,संस्थाले समय समयमा आयोजना गरीरहने रक्तदान कार्यक्रमहरु हुन नसक्दा रगतको निकै अभाव देखि रहेको थियो ।

 

जसका कारण बिरामीहरू रगत नपाएकै कारणले मृत्यु बहन गर्न बाध्य भएको कुरा प्रति ध्यानाकर्षण गर्दै वृहत् रुपमा रक्तदान कार्यक्रमको आयोजना गरी देशव्यापी रुपमा छरिएर रहेका आफ्ना शाखाहरुबाट ६६६ युनिट रगत संकलन गर्न सफल गरेकाे हाे  । यसै गरी जन्मोत्सवकै पूर्व सन्ध्यामा सोलुखुम्बु र रामेछाप जील्लामा एम.भी.दुगडको आयोजनामा निःशुल्क आँखा शिविर सफलता पूर्वक सम्पन्न भएको छ ।

 

शिविर पौष १८ गते मंगलबार देखि २३ गते शनिवार सम्म सोलुखुम्बु र रामेछाप जील्लाको १. गोकुल गंगा, रस्नालु, २. प्रिती उमाकुण्ड, ३. भण्डार हस्पिटल ४. गुम्देल  हेल्थपोष्ट, ५. चौलाखर्क हस्पिटल र ६. एम .भी. दुगड़ गु्रप—हाइड्रो डिभिजन, किन्जा सिटी हाउजिङ्ग गरी विभिन्न ६ स्थानहरुमा शिविरको आयोजना गरिएको थियो । उक्त शिविरमा ७०/८० वर्षका वृद्धा बुवा/आमाहरु बढी लाभान्भित भएका छन् । शिविरमा कुल संख्या ९५० जनाले आँखा जाच गरेका थिए, जसमध्ये ६० जनाको मोतियाबिन्दुको र ३ जनाको आँखामा मासु पलाएकाहरुको सफल शल्यक्रिया गरिएको थियो ।

केही अशक्त बिरामीहरूलाई स्वयम एम भी. दुगड़ ग्रुपका कर्मचारीहरुले नै घरैवाट लाने र पुर्याउने सुविधा सेवा प्रदान गरिएका थियो । अध्यक्ष दुगड आफैपनि उक्त शिविरमा दुई रात स्वय बस्नु भएर शिविरको प्रत्यक्ष अवलोकन र निगरानी गर्नुभएको थियो । सोलु र रामेछापमा पहिलो पटक यस किसिमको आँखा शिविर आयोजना हुँदा त्यहाँका स्थानीय वासिन्दाहरुले आँखा जस्तो संवेदनशील कुरामा समयमै उपचार गर्न पाउँदा आफुहरु निकै हर्षित हुदै एम भि दुगड परिवार प्रति कृतज्ञता गरेका थिए ।

त्यसै गरी दुगड़का सम्पूर्ण कर्मचारीहरूले देशव्यापी रूपमै वृहत् वृक्षारोपण कार्यक्रमको पनि आयोजना गरेका थिए । जसबाट नेपाल भरीको हाम्रा शाखाहरूबाट २७३५ वटा बिरुवाहरू आँप, केरा, लिची, अम्वा, अमला, असोका, तेजपत्ता, निम, पिपल, कपुर, मेवा, धुपी, मलेसियन साल, अनार, सरिफा, रुद्रक्ष, सपाटु लगायतका अन्य वोट बिरुवाहरू विभिन्न सार्वजनिक ठाउँहरु, स्कुल, मन्दिर परिसर, रोडहरुको छेउमा, काठमाण्डौ र हेटौडा औद्योगिक क्षेत्र परिसर भित्र,डोलेश्वर महादेव र सम्पूर्ण एम भि दुगडको शाखाहरुमा पहिलो चरणको वृक्षरोपन गरिएको थियो र यस लगर्त दोस्रो चरणको वृक्षारोपन पनि छिटै आयोजना हुदैछ र सोही रोपीएका वृक्षहरुको सहि हेरचाहको पनि जिम्मा एम भि। दुगड परिवारलेनै लिएका छन् ।

जन्मोत्सवकै पूर्व सन्ध्यामा विरगंजमा अवस्थित मानव सेवा आश्रमका ६४ जना बृद्धाहरुलाई विरगन्ज अवस्थित एम भि दुगडपरिवारले खाना खुवाएका थिए । यसै गरी हाम्रा उपाध्यक्ष  वीवेक दुगड़ले बुबाको जन्मउत्सवमा सामूहिक पार्टी, भोज भत्तेरलाई निरुत्साहित गर्दै, उच्च शिक्षा अध्यन पूरा गर्ने सपना बोकेका तर आर्थिक स्थितिले अधुरा ती सपनालाई साकार पार्न २५ जना विद्यार्थीहरुको उच्च शिक्षा अध्ययनका लागि छात्रावृतिको घोषना पनि गरेका थिए ।

यसरी सामुहिक भोजलाई निरुसाहित गर्दै अध्यक्ष दुगड़को प्रथम चरणको जन्म उत्सवमा सामाजिक तथा वातावरणीय दायित्वलाई वहन गरी सुरक्षित तवरले देशव्यापी रूपमा मनाइएको थियो र यस्ता कार्यक्रम वर्ष भरी नै गरी रहने प्रतिबद्धता एम भी।दुगड़ परिवारबाट गरिएको पि.आर हेड एम.भि.दुगड़ समुहका विमला थापाले बताए।