सुयाडामा अस्थायी प्रहरी पोस्ट



जाजरकोट, (नेस) ।

जाजरकोट र दैलेख जिल्लाको सीमानाका सुयाडामा अस्थायी प्रहरी पोस्ट स्थापना भएको छ । दुई जिल्लाको सिमानाका धार्मिक तथा पर्यटकीय क्षेत्र छेडागाड नगरपालिका–२ सुयाडामा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको हो ।

दुई जिल्लाको सिमानामा पर्ने मध्यपहाडी लोकामार्गमा नागरिकको चहलपहल बढ्दै गएको छ । हिंसात्मक घटना बढ्ने खतरा बढेपछि स्थानीय नागरिकले जीवन रक्षाका लागि प्रहरी चौकीको माग गरेका थिए । नागरिकको मागलाई मध्यनजर गर्दै शान्ति सुरक्षा कायम गर्न अस्थायी प्रहरी पोस्ट स्थापना गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । समुदायमा घटना घटे कानुनी सहयोगका लागि करिव २ घण्टा हिँडेर शिवालय गाउँपालिकाको सीमा र छेडागाड नगरपालिका–५ बडावन प्रहरी चौकीमा न्याय माग्न जानुपर्ने बाध्यता थियो ।

दुई जिल्लाको सीमानाका रहेका तथा पर्यटकीयस्थल भएकाले शान्ति सुरक्षालाई मध्यनजर गर्दै अस्थायी प्रहरी पोस्ट स्थापना गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्