सुदूरपश्चिममा थप १२ जनामा कोरोना संक्रमण



बैतडी, (नेस) ।

सुदूरपश्चिम प्रदेशमा सोमबार थप १२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टिजेन विधिबाट छ सय ४३ जनाको नमुना परीक्षण गर्दा १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा ११ र महाकाली अस्पतालमा एक जनामा जनामा सङ्क्रमण देखिएको हो । यस्तै, गएको २४ घण्टामा प्रदेशभर पाँच जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा संक्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।

यसअघि आइतबार यस प्रदेशमा एक जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच जना निको भएका थिए । सुदूरपश्चिममा संक्रमणका कारण हालसम्म छ सय १४ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्