मन्त्री आलेद्धारा लत्ताकपडा वितरण



डोटी, (नेस) ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मंगलबार एकल महिला, असहाय, गरिब तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्नुभएको छ । जिल्लाको जोरायल गाउँपालिका वडा नं १, २, ३ र ४ मा उहाँले कपडा वितरण गर्नुभएको हो ।

चिसोबाट जोगाउनका लागि सो गाउँपालिकामा रहेका ७ सय ५६ एकल महिला तथा ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरिएको मन्त्री आलेको स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो । ‘चिसो समय छ, यहाँका एकल महिला, असहाय, गरिब तथा ज्येष्ठ नागरिकलाई मन्त्री आलेले न्यानो लुगा वितरण गर्नुभएपछि निकै राहत भएको छ ।’ –जोरायल गाउँपालिका–२ का वडाध्यक्ष मानबहादुर मल्लले भन्नुभयो ।

जिल्लाका अन्य स्थानीय तहमा रहेका एकल महिला, असहाय, गरिब तथा ज्येष्ठ नागरिकलाई पनि न्यानो लुगा वितरण गरिने कार्यक्रम रहेको मन्त्री आलेको सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्